Madhes Khabar
अर्थतन्‍त्र

घट्यो अन्डाको मूल्य

काठमाडौं,२०बैशाखःनेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघको बुधबार बसेको भर्चुअल बैठकले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ समर्थन मूल्य तोकको हो ।

नयाँ मूल्य पहिलेभन्दा घटेको छ । नयाँ मूल्य अनुसार मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ । यस्तै ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्ने संघले जनाएको छ ।

यसअघि २२ चैतमा मूल्य बढाएर मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ तोकेको थियो ।

Related posts

वीरगन्ज नाका हुँदै २ महिनामै भित्रियो २५ करोड बढीको विदेशी रक्सी

MadhesKhabar

कर्जा असुलीका नाममा ऋणीहरुलाई अनावश्यक तनाव नदिन पर्साका बैंकर्सहरुलाई सिडिओको निर्देशन

MadhesKhabar

सहकारीमा आर्थिक पारदर्शीता जरुरी छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment