
काठमाडौं,२ कार्तिकः नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
हिजो(बिहीबार)को तुलनामा आज (शुक्रबार) सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । हिजो सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्यमापनि आज ३० रुपैयाँले वृद्धि भएको छ ।हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ रहेकोमा आज तोलामा ३० रुपैयाँले बढढेर १ हजार ९ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

