Madhes Khabar
Uncategorized

पर्साकाे हुलाकी सडकमा भएकाे माेटरसाइकल दुर्घटनामा दुई जना गम्भीर घाइते,अवस्था अचेत

प्रमाेद यादव

पर्सा,२०चैत:पर्साको सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ६ लखनपुर स्थित हुलाकी सडकमा मंगलबार बेलुकी दुई वटा माेटरसाईकल आपसमा ठाेक्किदाँ दुवै माेटरसाइकलका चालक गम्भीर घाइते भएका छन ।

गण्डक नहर भन्दा उत्तर पट्टि सखुवा प्रसौनी -६ अन्तर्गतको लखनपुर र जगर्नाथपुर गाउपालिका अन्तर्गतको प्रसौनी गाउँको बिचमा रहेको हुलाकी सडकमा बेलुकी ८ बजेतिर दुई विपरीत दिशाबाट आइरहेका ना ७ प २६०३ र प्रदेश २- ०३ ००९ प ५३१५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परि दुबै मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन् ।

घाइते दुबै जना अचेत रहेकोले उनिहरुकाे परिचय खुल्न सकेको छैन। स्थानीयले र प्रहरीले दुवै घाइतेलाई उद्धार गरि एम्बुलेन्समा राखेर उपचारका लागि वीरगन्ज पठाएका छन् ।

Related posts

भेडाहा नदि नियन्त्रणका लागि तटबन्ध बनाउदै वीरगन्ज महानगर

MadhesKhabar

1win Promotional Code 2023: Exactly How To Use And Get Bonus?

MadhesKhabar

सुन तस्करी काण्डमा मुछिएका पूर्वसभामुख महरा पक्राउ

MadhesKhabar

Leave a Comment