Madhes Khabar
Uncategorized

पर्साकाे हुलाकी सडकमा भएकाे माेटरसाइकल दुर्घटनामा दुई जना गम्भीर घाइते,अवस्था अचेत

प्रमाेद यादव

पर्सा,२०चैत:पर्साको सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ६ लखनपुर स्थित हुलाकी सडकमा मंगलबार बेलुकी दुई वटा माेटरसाईकल आपसमा ठाेक्किदाँ दुवै माेटरसाइकलका चालक गम्भीर घाइते भएका छन ।

गण्डक नहर भन्दा उत्तर पट्टि सखुवा प्रसौनी -६ अन्तर्गतको लखनपुर र जगर्नाथपुर गाउपालिका अन्तर्गतको प्रसौनी गाउँको बिचमा रहेको हुलाकी सडकमा बेलुकी ८ बजेतिर दुई विपरीत दिशाबाट आइरहेका ना ७ प २६०३ र प्रदेश २- ०३ ००९ प ५३१५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परि दुबै मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन् ।

घाइते दुबै जना अचेत रहेकोले उनिहरुकाे परिचय खुल्न सकेको छैन। स्थानीयले र प्रहरीले दुवै घाइतेलाई उद्धार गरि एम्बुलेन्समा राखेर उपचारका लागि वीरगन्ज पठाएका छन् ।

Related posts

वीरगन्जमा हुने ‘मधेस साहित्य महोत्सव’मा जेनजी पुस्तालाई जोड्न ‘एमएलएफ ट्यालेन्ट हन्ट’ को घोषणा

MadhesKhabar

लोककल्याणकारी विज्ञापनका लागि आमसञ्चार प्राधिकरण जनकपुरको नयाँ कार्यादेश जारी

MadhesKhabar

जगरनाथपुरमा जालीमको विरासत ढल्यो, अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

MadhesKhabar

Leave a Comment