Madhes Khabar
अर्थतन्‍त्र

बढ्याे पेट्रोलकाे मूल्य,वीरगन्जमा लिटरकाे १७२ रुपैयाँ ५० पैसा

काठमाडौं,१८चैत:नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार राति १२ बजेपछि देखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ।

यससँगै वीरगन्ज,अमलेखगन्ज,जनकपुर,विराटनगर,नेपालगन्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।

काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा भने पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ रुपैयाँ पर्नेछ ।

डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूल्य भने यथावत रहेकाे निगमले जनाएको छ ।

Related posts

पर्सा-बारा औद्योगिक काेरिडाेरमा झ्याप्प–झ्याप्प विद्युत् कटौती हुँदा समस्या

MadhesKhabar

पाेखरियामा कृषि विकास बैंकको एटीएम दुई हप्तादेखि बन्द हुदाँ ग्रामीण भेगका सेवाग्राहीलाई सास्ती

MadhesKhabar

भारतमा फैलिँदै कोरोना : २४ घण्टामा ४ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment