Madhes Khabar
समाचार

पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं,१६चैतःजिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई पेस्तोलसहित कपनबाट पक्राउ गरेको छ ।

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियानअन्तर्गत कपन क्षेत्रमा गुण्डागर्दी गर्ने र समाजमा भय, त्रास सृजना गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा लिम्बु पक्राउ परेको प्रहरीले जनाएको छ ।

शंकास्पद गतिविधि गरेको सूचनाको आधारमा ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई हाल कााठमाडौंको सरस्वतीनगर कपन बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लिम्बुको घरमा खोजी गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान र मोबाइल दुई थानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Related posts

वीरगन्जबाट ४ करोडको मदीरा र कम्प्युटर पार्टससहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

बारामा १० लाख बढी रकमसहित एक जना पक्राउ

MadhesKhabar

सिरहामा खेत जोत्दै गरेको बेलामा एक किसानको गोली हानी हत्या

MadhesKhabar

Leave a Comment