Madhes Khabar
राजनीति

राष्ट्रियसभाको उपाध्यक्ष पदबाट उर्मिला अर्यालले दिइन् राजीनामा

काठमाडौं,१५चैतःउर्मिला अर्यालले राष्ट्रियसभाको उपाध्यक्ष पदबाट राजीनामा दिएकी छन्। बिहीबार अर्यालले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललाई राजीनामा पत्र बुझाएकी हुन् । पर्साकी नेकपा माओवादी केन्द्रकी नेतृसमेत रहेकी अर्याल गत माघ ३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्।

नयाँ बनेको सत्ता गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि पार्टीको सहमतिमै अर्यालले बिहीबार राजीनामा दिएकी हुन्।

सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् ।

यसअघि सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो ।तर पछि गठबन्धनमा नेकपा एकीकृत समाजवादी पनि नयाँ सत्ता गठबन्धनमा सामेल भएपछि गरिएको नयाँ लिखित सहमति पत्रमा राष्ट्रिय सभा उपाध्यक्ष पदबारे केही कुरा उल्लेख गरिएको थिएन ।पुरानो सहमति पत्रबाट सो कुरा हटेपछि कतिपयले उपाध्यक्ष पद एकीकृत समाजवादीले पाउन सक्ने अड्कल गरेका छन् ।

 

Related posts

पर्सामा उपेन्द्र यादवलाई ठूलो झट्का :जिल्ला सचिवसहितका युवा नेताहरु जसपामा प्रवेश

MadhesKhabar

चुनाव घोषणा लगत्तै जसपाका दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश

MadhesKhabar

पर्सामा कांग्रेसलाई लाग्यो महाधिवेशन र चुनाव

MadhesKhabar

Leave a Comment