Madhes Khabar
स्थानिय

वीरगन्जमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

सांकेतिक फोटो ।

वीरगन्ज,१०चैतः वीरगन्जमा सडकमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरका ४० बर्षिय केदार पटेल रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर। ३० स्थित सडकमा रोकी राखेको बा.प्र.०३–००१ ख ०४०७ नम्बरको ट्रकमा शुक्रबारराति प्र.३–६३००प ३९३८ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । दुर्घटनामा मोटरसाइकल चालक पटेल गम्भिर घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । मोटरसाइकल ठोक्किएको ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताए ।

 

Related posts

वीरगन्जका सुनचाँदी पसलहरु बन्द गरेर व्यवसायीहरुले चाबी सिडिओलाई बुझाए

MadhesKhabar

छिपहरमाई गाँउपालिकामा अख्तियारकाे छापा

MadhesKhabar

ठाकुरराम क्याम्पस र संस्कृत विद्यालयमा रोपियो १ हजार विरुवा

MadhesKhabar

Leave a Comment