Madhes Khabar
स्थानिय हेडलाइन

ठाेरी हुलाकी सडककाे विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान

फाइल फाेटाे ।

वीरगन्ज,१३कार्तिक:पर्साको ठोरी गाउँपालिकाले ठोरी हुलाकी सडकको विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान गरेको छ ।

हुलाकी सडकमा पर्ने ठाेरी गाँउपालिकावडा नम्बर १ को सरस्वती चेक, चौतारा र भागवाननगर, वडा नम्बर २ को भन्सार चेक, ईलाका प्रहरी कार्यलय अगाडी र ठुटे खोलाकाे पुल, तवडा नम्बर ३ को रामनगर, बुद्धनगर ओडार प्रहरी चौकी र ब्रम्हानगर, वडा नम्बर ४ को निर्मलबस्ती, मिलन चाेक, विशाल चाेक र विजयबस्ती, वडा नम्बर ५ को सुवर्णपुर चाेक र बागमोर्चा पुलमा सिसिटिभी क्यामरा जडान गरिएको हो ।

सिसिटिभी क्यामरा जडानले सडकमा हुने दुर्घटना न्युनिकरणका साथै शान्ति सुरक्षामा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्भावित दुर्घटना क्षेत्रहरुमा जडान गरिएको सिसिटीभी क्यामेराले पालिकाभित्रका सडकको गतिविधि र दुर्घटनाहरुको सत्य तथ्य पत्ता लगाउन सहयाेग पुग्ने ठाेरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।

सडकमा दुर्घटना हुँदा सवारी धनी भाग्ने, पसलहरुमा चोरी हुने, अमानवीय घटनाबाट जोगाउन सिसिटिभी क्यामराले मद्दत पुग्ने उनले बताए ।

गाँउपालिका अध्यक्ष श्रेष्ठले अबको केही दिनमा ठोरी गाउँपालिकाको प्रत्येक टोलटोलमापनि सिसिटिभी क्यामरा जडान गरिने बताए ।सिसिटिभी क्यामरामा हुने गतिविधि पालिकाबाट निगरानी गर्न सकिने र ठोरीमा रहेको प्रहरी कार्यलयले आफ्नो मोबाइलमा समेत हेर्न सक्ने गरि व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

Related posts

वीरगन्जको विकासका लागि वीरगन्जवासीको सहयोग र साथ आवश्यक छ – मेयर सिंह

MadhesKhabar

पहिलो ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ लेखक सुभाष कुमार बैठालाई प्रदान गरिने

MadhesKhabar

वीरगन्जमा चुनाव प्रचारको ध्वनी प्रदुषणले मतदाता आजित

MadhesKhabar

Leave a Comment