Madhes Khabar
समाचार

मधेससहित देशभर अझै दुईदिन पानी पर्ने सम्भावना

काठमाडौं,७चैत:पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले बुधबार वीरगन्ज सहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार मधेस, कोशी र बागमती प्रदेशमा वर्षा भएको छ ।महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज मधेस,कोशी र बागमती प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भएको जानकारी दिए ।

उनले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको बताए ।`आगामी तीन दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार हुने देखिँदैन तर आजको जस्तो झरी हुँदैन । तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ ।’

मौसमविद् अधिकारीले भोलि बिहीबार मधेस र कोशी प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरे । तुलनात्मक रुपमा भोलि बिहीबार कम वर्षा हुनेछ ।

महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँमा नौ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै मधेसमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमीन्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण अहिले मधेस,काेशी र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित छिटपुटदेखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको हाे।

Related posts

वीरगन्जमा जसपा र काँग्रेसको चुनावी ब्यानर एउटै – राजेशमान र इम्तियाजले संगसंगै भोट माग्न थाले

MadhesKhabar

खानेपानी मन्त्री प्रदीप यादवकाे कार्यकक्षमा आगलागी,दुई जना पक्राउ (तस्बिरहरू)

MadhesKhabar

पर्साकाे देउरीयामा खेतबाट १८ प्याकेट चरेस बरामद

MadhesKhabar

Leave a Comment