Madhes Khabar
मधेस प्रदेश

मधेस सरकारका मुख्यमन्त्री ,मन्त्री र सचिवले लिदैं आएकाे सुराकी कमिसन खारेज

जनकपुरधाम,७चैत:मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले सुराकी खर्चबापत मासिक ठूलो रकम खर्च गरिरहेको थियो । सुराकी खर्च बुझ्नेमा मन्त्री र सचिव नै भएपछि मधेस प्रदेश सरकारले मंगलबार सुराकी खर्च नै खारेज गरिदिएको छ ।

एमालेबाट भौतिक पूर्वाधार तथा विकास मन्त्रीको कार्यभार सम्हालेको सरोजकुमार यादवलाई गृह तथा सञ्चार मन्त्रालयको पनि जिम्मेवारी तोकिएको छ ।

गृह मन्त्रालयको कार्यभार सम्हाल्न मंगलबार मन्त्रालय पुगेका मन्त्री यादवले सुराकी खर्च खारेज गर्ने नै पहिलो निर्णय गरेका छन् ।

गृह मन्त्रालयका सूचना अधिकारी संदिपकुमार सिंहका अनुसार मन्त्री यादवले सुराकी खर्च आवश्यक नरहेको भन्दै खारेजको निर्णय गरेका हुन् । ‘कार्यभार सम्हालेकै पहिलो दिन मन्त्रीज्यूले सुराकी खर्च खारेजकै निर्णय गर्नुभएको छ,’ मन्त्रालयका सूचना अधिकारी सिंहले भने ।

मधेस प्रदेश सरकारले ०७५ जेठ १० गते सुराकी खर्च बाँड्ने निर्णय गरेको थियो । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले छुट्टयाएको सुराकी खर्च मुख्यमन्त्री, मन्त्री , राज्यमन्त्री र सचिवले आफूखुशि बुझ्दै आएका थिए ।

मन्त्रालयका अनुसार अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ सुराकी खर्चवापत मन्त्री, राज्यमन्त्री र सचिवहरुले बुझिसकेका छन् ।साभार:ईकान्तिपुरबाट

Related posts

महोत्तरीको मटिहानीमा भीषण आगलागी, सय भन्दा बढी घर जले

MadhesKhabar

मधेश प्रदेशको सभामुखमा एमालेका मण्डल निर्वाचित

MadhesKhabar

एमाले नेताकाे खल्तीबाट राष्ट्रपति बनाइयाे भने संविधान र लाेकतन्त्र दुर्घटनामा पर्छ: गगन थापा

MadhesKhabar

Leave a Comment