
मंगलबार बेलुकी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे अपराध अनुसन्धानकाे टोलीले भिस्वा हाेटलकाे क्यासिनाेमा छापा मारेर चार जनालाई नियन्त्रणमा लिएको हाे ।
पक्राउ पर्नेमा क्यासिनोका मार्केटिङ म्यानेजर वीरगन्ज-११ का ३४ बर्षिय उमेश कार्की, क्यासिनाेका फ्लास मनिटर वीरगन्ज -१६ का ३४ बर्षिय पप्पु सिंह,क्यासिनाेका सुरक्षा गार्ड वीरगन्ज-१५ का ३२ बर्षिय प्रताप लामा र क्यासिनाेमा जुवा खेलिरहेका वीरगन्ज-१६ का ४० बर्षिय सुरज कुमार कलवार रहेका छन् ।
क्यासिनोमा अनाधिकृत रुपमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेकाे सुचनाकाे आधारमा खटिएको प्रहरी टाेलीले उनिहरुलाई पक्राउ गरेकाे पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।
थापाका अनुसार, क्यासिनाेमा प्रहरीकाे टाेली पुग्दा त्यहाँका कर्मचारीले प्रहरीसंग वादविवाद गरेर भित्र छिर्न अवराेध गरेपछि क्यासिनाेमा छिरेर प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हाे ।
नियन्त्रणमा लिइएका चारै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।