Madhes Khabar
स्थानिय

दुर्गाभवानीको मूर्ती सेलाउने क्रममा पर्साको गण्डक नहरमा डुबेर एक किशोरको मृत्यु

वीरगन्ज,२६असोजःपर्सामा शनिबार दुर्गाभवानीको मूर्ती सेलाउने क्रममा गण्डक नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुने पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीका शीवचन्द महत्तो धानुकका छोरा १८ वर्षिय अजितकुमार महत्तो धानुक रहेका छन् ।

शनिबार दिउँसो डोकैला बहुअरीमा पर्ने बलिरामपुर गाँउ नजिकको गण्डक नहरमा दुर्गा भवानीको मूर्ती सेलाउन साथीहरुसंगै नहरमा पसेका बेला डुबेर अजितको मृत्यु भएको हो । नहरमा डुबेका अजितलाई संगै रहेका साथीहरुले उद्धार गरेर नहरबाहिर निकालेपनि उनको मृत्यु भइसकेको थियो ।

घटनास्थलमा प्रहरी पुगिसकेको र मृतकको शव पोष्टमार्टमका लागि वीरगन्ज्को नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

 

Related posts

पटेर्वा सुगाैलीकाे विशेष गाँउसभा : याेजनाहरु संशाेधन,ऐन-कानुन पारित

MadhesKhabar

श्रेष्ठ र सोनललाई पनि समर्थकले लगाइ दिए चाँदीको मुकुट

MadhesKhabar

शिक्षक हत्याकाे विराेधमा कलैयामा प्रदर्शन

MadhesKhabar

Leave a Comment