Madhes Khabar
स्थानिय

डिभिजन वन कार्यालय पर्साका प्रमुख साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वीरगन्ज,६चैत: डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्तप्रसाद साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दूरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय पर्साका प्रमुख साह सहित २४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

महोत्तरीकाे डिभिजन वन कार्यालयमा कार्यरत रहेका बेला वन अधिकृत साहले महाेत्तरीकाे रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको रूखमा छापा, टाँचा गराई, कटान गर्न इजाजत दिई, वन क्षेत्रको रूख व्यक्तिलाई लाभ हुने गरी विभिन्न जातका ४०६ वटा रूख कटान गरी भ्रष्टाचार गरेको पुष्टि भएकाले साहविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको घिमिरेले बताए।

त्यहि विषयमा अख्तियारले डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर ,सब–डिभिजन वन कार्यालय बर्दिवासका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वनरक्षक राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलिप महतोविरुद्ध पनि ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको उनले बताए ।

Related posts

बारा : दलित युवासंग प्रेम गरेकाे भन्दै बुबाले गरे छाेरीकाे हत्या

MadhesKhabar

सन्त नेता स्व. भट्टराईकाे जन्म-जयन्तीमा वीरगन्जमा दिप प्रज्वलन

MadhesKhabar

कलैया बजार क्षेत्रकै सडकको बदहाली : १४ वर्षमा फेरिए ३ ठेकेदार, सडक ज्युँका त्युँ !

MadhesKhabar

Leave a Comment