मधेसखबर
वीरगन्ज ,०८ पुस: पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता स्वर्गीय कृष्ण प्रसाद भट्टराईको ९९ औं जन्म-जयन्तीकाे अवसरमा शुक्रबार वीरगन्जमा दिप प्रज्वलन गरिएको छ।
नेपाल विद्यार्थी संघ (नेविसंघ ) पर्साकाे आयाेजनामा शुक्रबार साँझ घणटघर चाेकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे हाे ।
देशमा भएका विभिन्न आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका सन्त नेताका रुपमा समेत परिचित भट्टराई पर्साको क्षेत्रन १ बाट २०५६ सालमा चुनाव जितेर देशको प्रधानमन्त्री समेत बनेका थिए।
दिप प्रज्वलन कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति माेहम्मद शाहबुद्धिन, युवा नेता कन्चन झा,काँग्रेसका महानगर सह-सचीव दिपक साह, जलेश्वर सर्राफ, बाल्मिकि यादव, नेविसंघका पर्सा अध्यक्ष ईन्जिनियर रमेश यादव, फिरोज मंसुर ,साविर हुसैन, राजाबाबु चौरसिया लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो।

