वीरगन्ज,३चैत:तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीतामा वीरगन्ज युथ एकेडेमीले विजयी सुरुवात गरेएको छ ।
शनिबारदेखि शक्ति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगीताकाे उद्घाटन खेलमा आयोजक शक्ति युवा क्लबलाई वीरगन्ज युथ एकेडमीले ट्राईब्रेकरमा ४ –२ गोल अन्तरले हराउँदै सुखद सुरुवात गरेको हो ।
खेलकाे पहिलो हाफमा शक्ति युवा क्लबले २-० गोलकाे अग्रता बनाएको थियो ।१४ औ मिनेटमा शक्ति युवा क्लबका अजय कुमारले पहिलो गोल गरे ।२४ औ मिनेटमा पाएकाे पेनाल्टीकाे सदुपयोग गर्दै शक्ति क्लबका लागि संघर्ष मगरले गोल गरे ।
खेलकाे ५० औ मिनेटमा वीरगन्ज युथ एकेडमीका आकाश पासवान र ५५ औ मिनेटमा कृष्ण शाक्यले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले २–२ गोल गर्दै बराबरी खेलेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।
आइतबारकाे खेल हेटौंडा फुटबल एकेडेमी मकवानपुर र चिडिया दह स्टार क्लब रौतहटबिच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए।
चैत १० गते सम्म चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , वीरगन्ज युथ एकेडेमी , नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट,बाग्मती फुटबल क्लब सर्लाही,चितवनकाे भरतपुर फुटबल क्लब र मकवानपुरको हेटौंडा फुटबल एकेडेमी सहभागी छन् ।
शनिबार प्रतियोगिताको उद्घाटन परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका थिए ।प्रतियोगीताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमालेका नेता रामपाल यादव , मोबिन आलम , सोचन यादव , राजेन्द्र यादव , नेपाली कांग्रेसका नेता विजय गुप्ता , हबिब मियाँ लगायतकाेपनि सहभागीता थियाे ।

