Madhes Khabar
स्थानिय

मिडियामा आएकाे कुरा झुठाे हाे,मलाई कसैलेपनि अफर गरेकाे छैन: भिखारी राय

वीरगन्ज,२८फाल्गुन:वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का पूर्व वडा सचिव भिखारी राय यादवले आफूले बोल्दै नबोलेको विषयलाई संचारमाध्यमले काल्पनीक समाचार प्रकाशित गरको भन्दै आपत्ति जनाएका छन् । तत्कालिन वीरगंज उपमहानगरपालिका वडा नंबर ३ का वडा सचिव रहेका यादवले आफूले कहिल्यै पनि नभनेको विषयलाई केहि मिडियाले कल्पना गरेर समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सोमबार बिहान उनले आफ्नै निवासमा पुगेका संचारकर्मीमाझ आफूले भन्दै नभनेको विषयलाई बनावटी कुरा गरेर डिमाण्डका आधारमा जथाभावी लेखेको बताए।
आफूलाई कसैले कुनै पनि अफर नगरेको र कसैले कुनै प्रकारको धाकधम्की समेत नदिएको भन्दै उनले केहि संचारमाध्यमले आफूलाई प्रयोग गर्ने चलखेल गरेको जिकिर गरे ।
आइतबार केहि अनलाइन मिडियामाले ‘‘वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर’’ भन्ने शीर्षकमा प्रकासित समाचारलाई लिएर यादवले आपत्ति जनाएका हुन् ।

जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव, वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार र जसपाको नगर अध्यक्ष ईश्वर यादवले आफूलाई पैसाको प्रलोभन दिएको भन्दै तत्कालिन पञ्जिकरण अधिकारी समेत रहेका भिखारी राय यादवको नाम कोट गरेर उक्त अनलाइन संचारमाध्यमले समाचार प्रकाशित गरेको थियो ।

आफूहरुले तत्कालिन पञ्जिकरण अधिकारी समेत रहेका यादवलाई कुनै पनि प्रलोभन तथा धम्कि नदिएको भन्दै चारै जनाले आरोप खण्डन गर्दै पञ्जिकरण अधिकारीकै घरमा सोमबार प्रहरीसहित पुगेका थिए ।उक्त क्रममा तत्कालिन पञ्जिकाधिकारी रहेका यादवले आफूलाई कसैले पनि प्रलोभन नदिएको र धम्की पनि नदिएको भन्दै संचारमाध्यमले बनावटी र कपोकल्पित रुपमा आफ्नो नाम दुरुपयोग गरेर समाचार प्रकाशित गरेको बताए।

उनले भन्दै नभनेको विषयलाई मनगढन्ते रुपमा प्रकाशित गरेर आफूलाई अनावश्यक विवादमा ल्याउने उक्त संचारमाध्यममाथि मानहानीको मुद्धा दायर गर्ने पनि बताए ।

Related posts

वीरगन्ज महानगरको राजस्व संकलन दोब्बरले बढ्यो

MadhesKhabar

लिपुलेक नेपालको भूमि हाे, चीन र भारतले गरेकाे सहमतिप्रति हाम्राे आपत्ति छ : गृहमन्त्री लेखक

MadhesKhabar

बहुदरमाईका मेयर तेलीकाे ईट्टा भठ्ठाबाट चाेरी तस्करीकाे काठ दाउरा बरामद

MadhesKhabar

Leave a Comment