Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा आगजनी

सर्लाही,२८फाल्गुनःसर्लाहीमा सोमबार बिहान एक साइकल यात्रीलाई ठक्कर दिएको बसमा स्थानीयले आगजनी गरेका छन् । आगजनीबाट बस जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

जनकपुरबाट मलंगवातर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर १० सलेमपुरमा सोमबार बिहान साढे १० बजे स्थानीय जुगल महतोलाई ठक्कर दिएको थियो ।ठक्करबाट महतो गम्भीर घाइतेभएपछि आक्रोशीत स्थानीयले बसमा आगजनी गरेका हुन्।

गम्भीर घाइते महतोलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि ज्ञावलीले जानकारी दिए । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको उनले बताए।

Related posts

कलैया उपमहानगरमा जितेका जनप्रतिनिधीहरुको सम्पति विवरण सार्वजनिक गर्न माग

MadhesKhabar

धनुषा ४ मा एमालेका महासेठ १२४ मतान्तरले विजयी

MadhesKhabar

मधेसका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने

MadhesKhabar

Leave a Comment