Madhes Khabar
खेलकुद

वीरगन्ज सुपर लिग क्रिकेटको उपाधि पर्सा वारियर्सलाई

वीरगन्ज,२७फाल्गुन:वीरगन्जमा आयाेजित वीरगन्ज सुपर लिग क्रिकेटकाे सिजन २ को उपाधि पर्सा वारियर्सले जितेको छ ।नारायणी रंगशालाकाे क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पर्सा युनाइटेडलाई ३५ रनले हराउँदै पर्सा वारियर्स उपाधि उचालेकाे हो।

११० रनकाे लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पर्सा युनाइटेड १६.४ ओभरमा अलआउट हुदैं ७४ रनमै समेटिएपछि उपाधि पर्सा वारियर्सकाे पाेल्टामा पुग्याे।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पर्सा वारियर्सले १८.३ ओभरमा पूरै १० विकेट गुमाएर १०९ रनको याेगफल खडा गरेकाे थियो ।

फाइनल खेलकाे म्यान अफ दी म्याच पर्सा वारियर्सका अकिब अलि मन्सुरी घोषित भए भने समसाद अलि मन्सुरी म्यान अफ सिरिज घाेषित भए ।प्रतियाेगिताकाे सर्वाेत्कृष्ट ब्याटर हासिम अन्सारी र सर्वाेत्कृष्ट बलर आसिम हवारी घोषित भए ।

फाल्गुन २२ गतेदेखि सुरु भएकाे प्रतियोगितामा ६ वटा टिमले भाग लिएका थिए ।

Related posts

आइसिसी यू-१९ विश्वकप : पाकिस्तानसंग नेपाल ५ विकेटले पराजित

MadhesKhabar

गुजरातमाथि लखनउकाे सहज जित

MadhesKhabar

आइपीएलको फाइनलमा आज बैंग्लोर र पञ्जाब भिड्दै

MadhesKhabar

Leave a Comment