काठमाडौं,१०माघ: आइसिसी यू-१९ विश्वकपमा नेपालले लगनतार दाेस्राे हार व्यहाेरेकाे छ।पहिलाे खेलमा न्युजिल्यान्डसंग पराजित हुन पुगेकाे नेपाल बुधबार भएकाे आफ्नो दाेस्राे खेलमा पाकिस्तानसंगपनि हारेकाे हाे ।
पाकिस्तानसंग नेपाल ५ विकेटले पराजित भएकाे हाे ।नेपालले दिएकाे १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा केवल ५ विकेट गुमाएर पुरा गर्याे।
पाकिस्तानका लागि अजान अवैसले अविजित ६३ र अहमद हुसेनले २९ रन बनाए।बलिङतर्फ नेपालका आकाश चन्दले ३ तथा आकाश त्रिपाठी र दिपेश कँडेलले समान १/१ विकेट लिए ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा बुधबार भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अलआउट हुदैं १९७ रन बनाएकाे थियाे।
नेपालका लागि ओपनिङ ब्याटर विपिन रावलले सर्वाधिक ३९ , दिपक डुम्रेले २६,कप्तान देव खनालले २३,गुल्शन झाले १८ ,दिपेश कँडेलले १३, आकाश चन्दले ११ ,अर्जुन कुमालले ६,उत्तम मगरले ४ रन बनाए।
बलिङमा अफगानिस्तानका अराफत मिनहासले ३ विकेट लिए भने उबेद साह र अहमेद हुसेनले २-२ विकेट लिन सफल भए।
पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।तेस्रो खेलमा नेपालले अब अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ।

