Madhes Khabar
खेलकुद

आइपिएलमा पञ्जाबकाे विजयी सुरुवात

काठमाडौं,१०चैत:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपिएल) मा शनिबार भएकाे पहिलाे खेलमा पञ्जाब किंग्स विजयी भएको छ।पञ्जाबले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हाे।

दिल्लीले दिएको १ सय ७५ रनको लक्ष्य पञ्जाबले १९.२ ४ बलमा ६ विकेटकाे क्षतिमा पुरा गर्याे।

पञ्जाबलाई जीत दिलाउन साम करनले सर्वाधिक ६३ रनको इनिङ्स खेले । उनले ४७ बलमा ६ चौका र एक छक्का हिर्काए । लियाम लिभिङस्टोनले नटआउट रहँदै २१ बलमा ३८ रनको विस्फोटक पाली खेले ।प्रभसिमरन सिंहले २६ रन कप्तान शिखर धवनले २२ रनको योगदान दिए । दिल्लीका लागि कुल्दीप यादव र खलिल अहमदले २–२ विकेट लिए । इशान्त शर्माले एक विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो ।उसका लागि शाई होपले ३३ तथा अभिषेक पोरेलले ३२ रन बनाए भने।डेभिड वार्नरले २९ तथा अक्षर पटेलले २१ रन जाेडे ।

बलिङतर्फ पञ्जाबका लागि हर्षल पटेल र अर्शदीप सिंहले २–२ विकेट लिएका थिए । कागिसो रबाडा, हरप्रित ब्रार र राहुल चाहरले १–१ विकेट लिए ।

Related posts

सूर्यकुमारको अप्रत्याशित शतकमा मुम्बईकाे सानदार जित

MadhesKhabar

राष्ट्रिय टी-२० च्याम्पियनसिप : काेशीमाथि मधेसकाे राेमाञ्चक जित

MadhesKhabar

परवानीपुर गोल्डकप : गोरखा फुटबल एकेडमी सर्लाही विजयी

MadhesKhabar

Leave a Comment