Madhes Khabar
राजनीति

जसपाकै नेताहरुले विद्रोहको धम्की दिएपछि अध्यक्ष उपेन्द्र यादव तनावमा

फाइल फोटो

काठमाडौं,२३फाल्गनु:जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीभित्रै घेराबन्दीमा परेका छन् ।मधेसको मुद्दा, मधेस सरकारको बारेमा पार्टीभित्र छलफल र कुनै छिनोफानो नै नगरी नयाँ सत्ता गठबन्धनमा सामेल भएर आठ बुँदे सहमति गरेको भनी पार्टीभित्रै अध्यक्ष यादवको विरोध भएको हो । बुधबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवमाथि पार्टीका नेताहरुले प्रश्न उठाएका छन् ।

‘नयाँ गठबन्धनमा जाने निर्णय भएको थियो, तर आफ्नो माग र धारणा नै समावेश नगरी गठबन्धन बनाउन भनिएको थिएन,’ जसपा कार्यकारिणी समितिका एक सदस्यले भने, ‘गठबन्धनसँग पार्टीका अध्यक्ष उपेन्द्र यादवले उधारो सम्झौता गरेका कारण पार्टीमा असन्तुष्टि बढेको छ । यसपटक अध्यक्षज्यूलाई निर्णय गर्न त्यति सजिलो छैन ।’

२०७९ मा चुनाव सम्पन्न भएपछि पार्टीको सम्पर्कमा समेत नरहेका कार्यकारिणी सदस्य इस्तियाक राइ पनि बैठकमा आउन थालेका छन् । उनी पार्टी अध्यक्ष उपेन्द्र यादवप्रति असन्तुष्ट थिए । उनी अहिले पार्टीमा एकाएक सक्रिय भएका छन् । अर्का कार्यकारिणी सदस्य रेणु यादवले पार्टी लगभग छाडिसकेकी थिइन् । तर उनी पनि अहिले पार्टीमा सक्रिय भएकी छन् ।

उपेन्द्र यादवको विरुद्धमा अहिले कार्यकारिणी सदस्य इस्तियाक राइ, रेणु यादवलगायतले मोर्चाबन्दी गरिरहेका छन् । उपेन्द्र यादवसँग असन्तुष्ट पक्षसँग उनीहरुले निरन्तर छलफल गरिरहेका छन् ।जसपामा अध्यक्ष यादवले मनपरी गरेको भन्दै सुरुदेखि उनीहरुले विरोध गर्दै आएका थिए । अहिलेको नयाँ गठबन्धनबाट ‘ब्याक’ हुन बाध्य पार्ने गरी असन्तुष्ट पक्षले सक्रियता बढाएको स्रोतले जनाएको छ ।प्रतिनिधी सभामा १२ सिट रहेको जसपाका आधा भन्दा बढी सांसदले नयाँ सरकारमा पार्टी जान नहुने मत बुधबारको बैठकमा राखेको बैठकमा सहभागी एक नेताले बताए ।

मन्त्री बन्न पाउने आशमा केही नेता उपेन्द्र यादवको बचाउमा लागेका छन् भने मन्त्री बन्न नपाइनेहरु उनको विरोधमा लागेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयं सरकारमा जाने चर्चा चलेकोमा समेत बुधबारको बैठकमा छलफल भएको थियो । असन्तुष्ट नेताहरुले सरकारमा अध्यक्ष नै सहभागी हुने विषयको विरोध गरेपछि आफैँ सरकारमा जाने योजनाबाट यादव पछाडि हटेको बताइएको छ । असन्तुष्ट पक्षले यो सरकारमा सामेल हुन नहुनेगरी लबिङ गरिरहेको स्रोत बताउँछ ।साभार : रातोपाटीबाट

Related posts

स्ववियु परिषद नेपालको केन्द्रिय सभापतिमा ठाकुररामका स्ववियु सभापति राज यादव चयन

MadhesKhabar

पर्सामा जसपा–एमाले गठबन्धनको चेतावनी : बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही हुन्छ

MadhesKhabar

सर्वोच्च अदालतको आदेशविरुद्ध बोल्ने ५ सांसदलाई मुद्दा

MadhesKhabar

Leave a Comment