Madhes Khabar
मधेस प्रदेश

प्रहरीको गाेली लागेर मृत्यु भएका साहकाे परिवारलाई १० लाख दिने सरकारकाे निर्णय

फाइल तस्बिर ।

काठमाडौं,१४फाल्गुन:सर्लाहीको बरहथवामा गत पुष २० गते भएकाे प्रदर्शनका क्रममा प्रहरीको गाेली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साहका परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

गत पुस २० गते बरहथवामा प्राथमिक स्वास्थ्य केन्द्रको विषयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो।

Related posts

मधेस : श्रीमतीको हत्या गरेर शव घरभित्रै गाडेका श्रीमान् र जेठाजु पक्राउ

MadhesKhabar

राैतहटमा चक्कु प्रहारबाट घाइते युवककाे मृत्युु

MadhesKhabar

बारा ४ : किसान श्रेष्ठ १० हजार भन्दा बढि मतान्तरले विजयी

MadhesKhabar

Leave a Comment