Madhes Khabar
स्थानिय

वीरगन्जमा सशस्त्र प्रहरीद्वारा ७० लाखकाे कपडासहितकाे ट्रक पक्राउ 

माधुरी महताे
वीरगन्ज,१३फाल्गुन:वीरगन्जमा सशस्त्र प्रहरीले राजश्व छलेर भित्र्याइएकाे आशंकामा ७० लाख रुपैयाँ मुल्यकाे कपडासहितकाे एउटा ट्रक नियन्त्रणमा लिएको छ।
वीरगन्जस्थित एकीकृत भन्सार जाँच चाैकी(आइसिपी)बाट भन्सार जाँचपास भई काठमाडौं तर्फ जाँदै गरेकाे कपडा लाेड रहेकाे ना ८ ख ३९७८ नम्बरको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हाे।वीरगन्ज २५ बहुअरीस्थित सडकमा उक्त ट्रक सशस्त्र प्रहरीले राेकेर चेकजाँच गरेकाे थियाे।
त्यसक्रममा उक्त ट्रकमा रहेकाे ७० लाख रुपैयाँ मुल्यकाे कपडाकाे बिलबिजक शंकास्पद देखिएकाले कपडासहितकाे ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले जानकारी दिए।
बरामद कपडाकाे ७० लाख र ट्रककाे ४० लाख रुपैयाँ मुल्यांकन गरेर आवश्यक अनुसन्धान र कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको कर्मचार्यले जानकारी दिए।

Related posts

वीरगन्जमा सांकेतिक भाषा सम्बन्धि १० दिने तालिम सम्पन्न

MadhesKhabar

वीरगन्जमा जथाभावी फोहोर फाल्नेबाट ३६ लाख भन्दा बढी जरीबाना असुल

MadhesKhabar

वीरगन्जका ग्रामीण भेगका वडाहरुको पनि विकास गर्न महानगर प्रतिबद्ध छ : उपमेयर आलम

MadhesKhabar

Leave a Comment