Madhes Khabar
राजनीति

वीरगन्जबासीको १ सय ३५ करोड रुपैंया लिएर फरार भएका जिबी राईलाई पक्राउ गर्न यादवको माग

फाइल तस्बिर।

वीरगन्ज,११फाल्गुनः पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा सहकारीमा संलग्न सबैलाई पक्राउ गरी कानुनी दायरामा लयाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारआजको बैठकमा बोल्दै जसपाका प्रमुख सचेतक समेत रहेका यादवले सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ससञ्चालक जिबी राइ सहितकाले वीरगन्जबासीको १ सय ३५ करोड रुपैया लिएर फरार भएको भन्दै सहकारीमा संलग्न सबैलाई पक्राउ गरेर कानुनी दायरा लयाउन सरकारको ध्यानाकर्षण गराए ।

सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वीरगन्जमा अच्चम्मको कार्य गरेको सांसद यादवले सुनाए।वीरगन्जमा कार्यालय खोलेर वीरगन्जबासीको १ सय ३५ करोड रुपैया सहकारीका संचालक जिवी राईले आफ्ना आफन्त, रेस्टुरेन्टमा काम गर्ने कर्मचारी तथा टेलिभिजनमा काम गर्ने कर्मचारी गरेर ७५ जनालाई ९४ करोड रुपैया बिना धितो मात्र कपाली तमसुक बनाएर बाँडिएको उनले बताए ।

आम सर्वसाधारण व्यक्ती बैंकमा ऋण लिँदा जग्गा जमीन धरौटी राख्नुका साथै सात पुस्ते लेखाउनु पर्ने हुन्छ तर सहकारीले वीरगञ्ज बाहिरका व्यक्तीलाई सामान्य कपाली तमसुकको भरमा ९४ करोड रुपैया बाँडेको उनको आरोप छ ।

कपाली तमसुकको भरमा मात्र ६ करोड रुपैया सम्म सहकारीले बाँडेको बताउँदै उनले नेपाल प्रहरीको सिआईबी तथा नेपाल सरकारको ध्यान किन नपुगेको भन्दै प्रश्नपनि गरे। सांसद यादवले सहकारी प्रकरणमा संलग्न जिवी राई लगाएत सबैजनालाई अविलम्ब पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराए ।

 

 

Related posts

इलाम-२ मा रास्वपाको जमानत जफत

MadhesKhabar

मधेस सरकारले पहिलो पटक मनायो संविधान दिवस

MadhesKhabar

ठाकुरराम क्याम्पसमा १६ बर्षपछि भयाे स्ववियु चुनाव ,खस्याे ४० प्रतिशत मत

MadhesKhabar

Leave a Comment