Madhes Khabar
स्वास्थ्य

सादा बिल दिएर बिरामीलाई ठग्दै वीरगन्जको नेपाल ईण्डो अस्पताल

वीरगन्ज,८फाल्गुन:वीरगन्जको एक निजी अस्पतालले बिरामीसंग ठगी गरिरहेको प्रमाण फेला परेको छ ।

वीरगन्जको प्रतिमाचाैकमा रहेकाे नेपाल इण्डाे हस्पिटलले दुई जना बिरामीलाई सादा बिल दिएर करिब ३ लाख ५० हजार रूपैया ठगेकाे बिरामीका आफन्तले बताएका छन्।

बारा निजगढकाे लच्कामा गत माघ १८ गते भएको सवारी दुर्घटनामा निजगढ नगरपालिका १ सिंगाैलका २ जना घाईते भएका थिए । निजगढमा उपचार हुन नसके पछि थप उपचारका लागि दुबै जना घाईतेलाई वीरगन्जको नेपाल इण्डाे हस्पिटलमा भर्ना गरिएको थियो।

निजगढ नगरपालिका १ सिंगाैलका ३५ वर्षिय कैलाश कुमार तिमिल्सिना र ४० वर्षिय सियाराम परियार दुवै घाइतेलाई नेपाल ईण्डाे अस्पतालले ११ दिन सम्म भर्ना गरेर राखेको थियो । अस्पालले आई सि यु मा भर्ना गरे बापत १ जनाकाे प्रति दिनकाे ७ हजारकाे दरले दुबै जना बिरामीलाई ७ दिन सम्म आई सि यु मा राखेर ९८ हजार बेड चार्ज भन्दै शुल्क असुल गरेको बिरामीका कुरुवाले बताए ।

त्यसै गरि विभिन्न चार्जहरू देखाउदै हस्पिटलले दुबै बिरामीहरूकाे लागि रकम असुल गरेको उपचार गराइ रहेका दुर्घटनामा परेकाे सवारीका चालक समीर देवानले बताए । देवानले अस्पतालसंग दुर्घटना बिमा दावी गर्नु पर्ने भएकाे हुदा बिल माग्दा अस्पतालका डाक्टर प्रमानन्द साहले देवानलाई सादा कागजमा हातले लेखेर बिल दिएका थिए ।

देवानलाई माैखिक रूपमा हस्पिटलले ४ लाख २८ हजार भुक्तानी गर्नु पर्ने भने पछि देवानले अस्पतालसंग हिसाब मागेका थिए ।त्यसपछि अस्पतालले सादा कागजमा ३ लाख ५५ हजार ३ सय ६० रूपैयाकाे बिल दिएकाे देवानले बताए ।

यसबारे अस्पतालका संचालक तथा डाक्टरसंग पटक पटक कुरा गर्न खाेज्दा काेही पनि सम्पर्कमा आएका छैनन् ।साभार:राताेपानाबाट

Related posts

विदाको निर्णयलाई अवज्ञा गर्ने विधालयलाई कारवाही

MadhesKhabar

कर्मचारी आन्दाेलनले नेशनल मेडिकल कलेजमा ओेपिडी सेवा दुई दिनदेखि ठप्प

MadhesKhabar

वीरगन्जमा आएका स्वास्थ्यमन्त्री पौडेलको निर्देशन : हैजा फैलिनुको कारण छिट्टो पत्ता लगाउनुस्

MadhesKhabar

Leave a Comment