Madhes Khabar
राष्ट्रिय

काठमाडौंमा डिएसपी हुँ भन्दै मधेसी युवालाई दुर्व्यवहार गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं,७फाल्गुन:काठमाडौंको लाजिम्पाटमा एक मधेसी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । गत शनिबार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा एक जना मधेसी युवालाई एक व्यक्तिले आफू प्रहरीको डीएसपी भएको भन्दै गालीगलोज गरेका थिए ।

दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेका छन् । वीरगन्जका अंकित गुप्ताले गाडी ओभरटेक गरेको भन्दै श्रेष्ठले उनलाई ‘तँ इन्डियन नागरिकता छ कि छैन, म डीएसपी हुँ’ भन्दै अपशब्दसमेत प्रयोग गरेका थिए ।

श्रेष्ठले गुप्तालाई धम्क्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । धम्क्याउने श्रेष्ठ प्रहरी नभएको प्रहरीले जनाएको छ ।

Related posts

नागरिकता समस्या समाधानका लागि गृह मन्त्रालयद्वारा अध्ययन समिति गठन

MadhesKhabar

समानुपातिक तर्फकाे अन्तिम सुची निर्वाचन आयाेगले आज सार्वजनिक गर्दै

MadhesKhabar

चुनावको मिति एक साता भित्रै घोषणा गर्ने सरकारको तयारी

MadhesKhabar

Leave a Comment