Madhes Khabar
राष्ट्रिय

काठमाडौंमा डिएसपी हुँ भन्दै मधेसी युवालाई दुर्व्यवहार गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं,७फाल्गुन:काठमाडौंको लाजिम्पाटमा एक मधेसी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । गत शनिबार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा एक जना मधेसी युवालाई एक व्यक्तिले आफू प्रहरीको डीएसपी भएको भन्दै गालीगलोज गरेका थिए ।

दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेका छन् । वीरगन्जका अंकित गुप्ताले गाडी ओभरटेक गरेको भन्दै श्रेष्ठले उनलाई ‘तँ इन्डियन नागरिकता छ कि छैन, म डीएसपी हुँ’ भन्दै अपशब्दसमेत प्रयोग गरेका थिए ।

श्रेष्ठले गुप्तालाई धम्क्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । धम्क्याउने श्रेष्ठ प्रहरी नभएको प्रहरीले जनाएको छ ।

Related posts

दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गरीँदै

MadhesKhabar

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार मात्रै

MadhesKhabar

कर्मचारीले अब किरिया, बिरामी र प्रसुति बाहेकका विदा नपाउने :सामान्य प्रशासन मन्त्रालय

MadhesKhabar

Leave a Comment