Madhes Khabar
राष्ट्रिय

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार मात्रै

मधेसखबर
वीरगन्ज ,१० मंसिर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् ।

उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत जनाकारी दिँदै सभापति लामिछानेले आजदेखि खुसियाली मनाउने दिन सकिएको घोषणा गरेका छन् ।


लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने बताएका छन् ।साभार:अनलाईनखबर

Related posts

सर्वाेच्चकाे आदेश विरुद्ध नागरिकता विहिन युवाहरुद्वारा वीरगन्जमा प्रदर्शन 

MadhesKhabar

निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ७ बुँदे निर्देशन

MadhesKhabar

बाढी पहिरो अपडेट : देशभर ५० जनाको मृत्यु, दर्जनौँ बेपत्ता

MadhesKhabar

Leave a Comment