Madhes Khabar
राष्ट्रिय

कर्मचारीले अब किरिया, बिरामी र प्रसुति बाहेकका विदा नपाउने :सामान्य प्रशासन मन्त्रालय

काठमाडौं,३०कार्तिकःसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ ।

सरुवा, पदस्थापना र काज फिर्ताबारे मन्त्रालयले गरेको निर्णयको अवज्ञा गरी सम्बन्धित कार्यालयमा हाजिर नगर्ने कर्मचारी र रमाना नदिने कार्यालयहरूलाई परिपत्र गर्दै मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले सरुवा भएका कर्मचारीलाई हाजिर गराउने र उनीहरूको रमाना व्यवस्थापन गर्न सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र स्थानीय तहलाई निर्देशन जारी गर्दै निर्देशन अवज्ञा गरेमा कडा विभागीय कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

रमाना नदिएका÷नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको तथा कर्मचारी व्यवस्थापन समेत प्रभावित भएकाले सम्बन्धित कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम निर्देशन दिइएको मन्त्रालयले स्पष्ट गरेको छ ।

परिपत्रमा योपनि भनिएको छ–सरुवा÷पदस्थापन÷कामकाज÷काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूको सम्बन्धमा निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना लिने अवधि गुज्रिएपश्चात साविकका निकाय÷कार्यालयमा निजहरूको किरिया विदा, बिरामी विदा र प्रसुति विदा बाहेक अन्य विदा स्वीकृत नगर्ने÷नगराउने ।

Related posts

बाराको त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुर बिच झडप , ३१ राउण्ड अश्रु ग्याँस प्रहार , १३ प्रहरी घाइते

MadhesKhabar

अबदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म

MadhesKhabar

सर्वोच्चमा एआईजी विश्वराज पोखरेलको रिट दर्ता, बुधवारलाई पेसी तोकियो

MadhesKhabar

Leave a Comment