Madhes Khabar
समाज हेडलाइन

वीरगन्जको रक्त सञ्चार केन्द्रमा रगतकाे अभाव भएपछि ३९ जनाले गरे रगत दान

वीरगन्ज,५फाल्गुन: वीरगन्जमा शनिबार आयाेजित आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका छन् ।

वीरगन्जको रक्त सञ्चार केन्द्रमा भोलेन्टियरले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका हुन् ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक अनिषकान्त कुशवाहा,पत्रकार कृष्ण कुशवाहा, सुरज साह तुरहा, दिलीप साह, रितेश सरार्फ लगायतले रगत दान गरेको रक्त सञ्चार केन्द्रले जनाएको छ ।

रक्त सञ्चार केन्द्रमा रगतकाे आभाव रहदै आएको र हाल रक्तदान कार्यक्रममापनि कमी भएकोले बिरामीहरुकाे उपचारमा समस्या भएपछि थोरै भएपनि सहयोग होस् भन्ने उदेश्यका साथ आकस्मिक रक्तदान कार्यक्रमकाे आयोजना गरिएको भोलेन्टियर समुह वीरगन्जका संयोजक राजन श्रीवास्तवले जानकारी दिए ।

त्यस अवसरमा बिक्की गुप्ता, रामविनय यादव, कमल चौगाइ,विनय गुप्ता, सुरज सरार्फ, सौरभ पाण्डे, मनिष साह, धिरेन्द्र झा, हरि राउत लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

वरिष्ठ पत्रकार चौहनलाई काँग्रेसको केन्द्रिय प्रचार प्रसार समितिमा मनोनित

MadhesKhabar

वीरगन्ज उद्योग वाणिज्य संघकाे अध्यक्षमा पटवारी निर्विराेध निर्वाचित

MadhesKhabar

वीरगन्ज कृषि औजार कारखानाका लागि आविष्कार केन्द्रले किन्यो ५० लाखकाे मेसिन

MadhesKhabar

Leave a Comment