Madhes Khabar
समाज हेडलाइन

वीरगन्जको रक्त सञ्चार केन्द्रमा रगतकाे अभाव भएपछि ३९ जनाले गरे रगत दान

वीरगन्ज,५फाल्गुन: वीरगन्जमा शनिबार आयाेजित आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका छन् ।

वीरगन्जको रक्त सञ्चार केन्द्रमा भोलेन्टियरले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका हुन् ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक अनिषकान्त कुशवाहा,पत्रकार कृष्ण कुशवाहा, सुरज साह तुरहा, दिलीप साह, रितेश सरार्फ लगायतले रगत दान गरेको रक्त सञ्चार केन्द्रले जनाएको छ ।

रक्त सञ्चार केन्द्रमा रगतकाे आभाव रहदै आएको र हाल रक्तदान कार्यक्रममापनि कमी भएकोले बिरामीहरुकाे उपचारमा समस्या भएपछि थोरै भएपनि सहयोग होस् भन्ने उदेश्यका साथ आकस्मिक रक्तदान कार्यक्रमकाे आयोजना गरिएको भोलेन्टियर समुह वीरगन्जका संयोजक राजन श्रीवास्तवले जानकारी दिए ।

त्यस अवसरमा बिक्की गुप्ता, रामविनय यादव, कमल चौगाइ,विनय गुप्ता, सुरज सरार्फ, सौरभ पाण्डे, मनिष साह, धिरेन्द्र झा, हरि राउत लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

छठघाटमा भक्तजनले मध्यरातमा पुगेर भरे `काेशी´ (फाेटाे फिचर)

MadhesKhabar

वीरगन्ज महानगरका सबै वडामा सुरक्षित र स्वच्छ खानेपानी पुर्याउनका लागि महानगरले थाल्यो काम

MadhesKhabar

मधेस प्रदेशमै पहिलो पटक पर्साको भूमी आयोगले दलित र सुकुम्बासीहरुलाई बाँड्यो लालपूर्जा

MadhesKhabar

Leave a Comment