वीरगन्ज,५फाल्गुन:वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वामा आयाेजित नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाले लाभ लिएका छन्।
घडिअर्वा स्पाेर्टस् क्लबले शनिबार आयाेजना गरेकाे शिविरमा बालबालिका,महिला,पुरुष र बृद्धबृद्धा गरी २ सय ५० जनाकाे स्वास्थ्य परिक्षण गरिएको क्लबका खेलकूद तथा स्वास्थ्य उपसमितिका संयोजक प्रभाकर गुप्ताले जानकारी दिए।शिविरमा चेकजाँच गराउन आएकाहरुकाे रगत र पिसाबपनि निःशुल्क परिक्षण गरिएको र निःशुल्क ओैषधि वितरण पनि गरिएको उनले बताए।
शिविरमा वरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता, नारायणी अस्पतालका फिजिसियन डा. उदयनारायण सिंह,हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.दिलीप चौरसिया,बाल रोग तथा नवजात शिशु विशेषज्ञ डा. श्यामबाबु साह,डा.विकास साह,चर्म रोग विशेषज्ञ डा. रोहित गुप्ता, दन्त रोग विशेषज्ञ डा. ज्योति गुप्ता,डा. राजकुमार साह,डा.सन्दिप गुप्ता लगायतले परिक्षण गरेका थिए।
शिविरको उद्घाटन वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले गरेका थिए।क्लबका अध्यक्ष सन्तोष कुमार साहको अध्यक्षतामा भएकाे शिविरमै वीरगन्जबाट १४ दिनकाे पैदल यात्रा गरेर भारतको अयोध्यामा पुगी भगवान् श्रीरामकाे प्राणप्रतिष्ठामा सहभागी भएर फर्किएका घडिअर्वाका मुन्ना कुमार साह कानु र चन्दन बर्णवाललाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

शिविरमा समाजसेवी तथा अधिवक्ता पन्नालाल गुप्ता,पूर्व वडाध्यक्ष रामनगीना साह कानु,वडा सदस्य संतोष जैसी, पूर्व वडा सदस्य अरविन्द साह,घडिअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप गुप्ता,पूर्व अध्यक्षहरु प्रेम साह ,प्रमानन्द साह, बाल्मिकी साह, मनोज कुमार कानु लखन लाल गुप्ता, तिलक साह, राकेश साह,क्लबका उपाध्यक्ष मनाेहर साह,,सचिव सन्ताेष गुप्ता,सदस्य किशाेरी साह,शम्भु साह लगायतकोपनि उपस्तिथि रहेको थियो

