Madhes Khabar
स्वास्थ्य

मुटु दिवसमा मेडिसिटी बयाेधा अस्पतालद्वारा वीरगन्जमा म्याराथन प्रतियोगिता सम्पन्न

मधेसखबर
वीरगन्ज ,१३ असाेज : विश्व मुटु दिवसको अवसरमा वीरगन्जमा बिहीबार म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल मेडिसिटी बयोद्या अस्पताल वीरगन्जले आयोजना गरेको म्याराथन प्रतियोगितामा इश्वर रिजाल प्रथम भएका छन् ।

उनले घण्टाघर चाेक देखि गणडक स्थित नेपाल मेडिसिटी बयोद्या अस्पताल सम्मको दुरी १६ मिनेट ४२ सेकेण्डमा पार गर्दै प्रथम स्थान हासिल गरेका हुन् ।प्रतियाेगितामा नारायण जिसी द्वितिय र धन सिंह चुनारा तृतिय भएकाे अस्पतालका सहायक बजार प्रबन्धक ईमामुल हक अन्सारीले जानकारी दिए ।

म्याराथन प्रतियाेगिता अघि मुटु दिवसकै अवसरमा वीरगन्जको घण्टाघरदेखि नारायणी अस्पतालसम्म मुटु रोग सम्बन्धी सचेतना फैलाउँदै प्रभातफेरि निकालिएकाे थियाे ।

नेपाल मेडिसिटी बयोद्या अस्पतालका सहायक उपाध्यक्ष विजय रिमालको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल भारत सहयोग मन्चका अध्यक्ष एवंउद्योगी अशोक वैद्य,भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितिश कुमार, क्वेस्ट फर्मास्युटिकल्सका अनिल जैसवाल, वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रितेश जैसवाल, नेपाल मेडिसिटी बयोद्या अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राज राणा लगायतको उपस्थिती रहेको थियो ।

मुटु दिवसकै अवसरमा अस्पतालले गत आइतबारदेखि निःशूल्क रुपमा मुटुको परीक्षण पनि गरीरहेको छ । निःशूल्क मुटु परीक्षण शुक्रबार सम्म सञ्चालन हुनेछ ।

Related posts

नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

MadhesKhabar

बाराको पचरौता नगरपालिकाले बन्द गरयो स्वास्थ्य सेवा

MadhesKhabar

पर्साका जनप्रतिनिधिहरुको प्राथमिकतामा स्वास्थ्यका कार्यक्रम नपरेको स्वास्थ्यकर्मीहरुको गुनासो

MadhesKhabar

Leave a Comment