Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

वीरगन्ज,१७जेठःवीरगन्जको नारायण अस्पतालमा शुक्रबार राति विद्युतको सर्किट सर्ट भएर विद्युत सेवा अवरुद्ध हुदाँ आइसियु र सिसिसियु वार्डका बिरामीहरुलाई परेको समस्या बारे अस्पताल विकास समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पतालको आइसियु र सिसिसियु वार्डमा शुक्रबार राति विद्युत सर्किट सर्ट भएर करिब ३ घण्टासम्म विद्युत सेवा अवरुद्ध हुदाँ त्यहाँ उपचाररत रहेका १७ जना बिरामीहरुको ज्यान जोखिममा परेको थियो ।

उक्त घटनाप्रति अस्पताल विकास समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताले शनिबार साममाजिक सञ्जाल फेसबुकमा लेखेका छन् –हिजो राति नारायणी अस्पतालको आइसियु/एनआइसियु वार्डमा सर्टसर्किट भई बिद्युत आपूर्ति अवरुद्ध हुँदा गम्भीर दुर्घटना हुने जोखिम सिर्जना भएको थियो। जीवनरक्षक उपकरणहरू बन्द हुँदा बिरामीहरूको स्वास्थ्य संकटमा परेको थियो ।अस्पताल प्रशासनले तुरुन्तै वैकल्पिक उपायमार्फत विद्युत सेवा निरन्तरता दिने प्रयास गरे तापनि यस्तो लापरवाही स्वीकार्य छैन।

अध्यक्ष गुप्ताले अस्पताल प्रशासनबाट भएको गम्भीर लापारवाही क्षम्य नहुने भन्दै लापरवाही गर्ने सम्बन्धित शाखाका कर्मचारीलाई कारबाही गरिनेपनि बताएका छन् ।

शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ,प्रहरी उपरीक्षक गौतम मिश्र, निमित्त मेसु डा. चित्तरन्जन साह, विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख , अस्पतालका सबै विभागका प्रमुख, इन्चार्ज लगायत अस्पतालका जिम्मेवार व्याक्तिहरुको बैठक बसेर राति भएको घटनाका बारेमा गम्भीर छलफल गरिएको गुप्ताले बताएका छन् ।

साथै लापरवाही गर्ने सम्बन्धित कर्मचारीविरुद्ध कारबाहीको प्रक्रिया अगाडि बढ़ाइएको जानकारी दिदैं अध्यक्ष गुप्ताले यस्ता घटनाको पुनरावृत्ति रोक्न तुरुन्त चालिनुपर्ने कदम अगाडि बढ़ाइएकोपनि बताएका छन् । गुप्ताका अनुसार, शुक्रबार राति ड्युटिमा रहेका अस्पतालका इलेक्ट्रीसियन ईन्चार्ज सन्जिव गुप्तालाई निलम्बन गरेर आवश्यक कानुनी कारबाहीका लागि अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा पत्राचार गर्ने निर्णय गरिएको छ ।

Related posts

संघ सरकारले दिने बजेटमा वीरगन्ज महानगरसंग विभेद नगरिदिन मेयर सिंहको आग्रह

MadhesKhabar

बाराको नकटुवामा रहेको शीव मन्दिरमा कस्ले गर्यो तोडफोड ?

MadhesKhabar

पर्सामा काँग्रेसका उम्मेदवारलाइ जिताउन सकृयताका साथ लाग्ने प्रेस युनियनको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment