Madhes Khabar
स्वास्थ्य

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं,३१ भदौं : सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।

त्यसको विरोधमा देशभरका अस्पतालमा चिकित्सकले आइतबार आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि वार्ता भएको थियो ।

वार्तामा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाही अघि बढाउने र प्रतिवद्धता जनाएको छ ।

यस्तै चिकित्सकहरूको सेवा सुविधा सुरक्षा जनशक्ति परिचालन क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।

नेपाल चिकित्सक संघले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगााडि बढाउन दवााव दिँदै आइतबार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेपछि आइतबार अस्पतालमा पुगेका बिरामीका उपचार नपाइ फर्किएका थिए ।साभार :अनलाइनखबरबाट

Related posts

वीरगन्जमा पनि मनाइयाे विश्व क्षयरोग दिवस

MadhesKhabar

वीरगन्जको पानीटंकी क्षेत्रका अधिकांश प्याथोलोजी ल्याबहरु स्वीकृति बेगर नै संचालन

MadhesKhabar

वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि

MadhesKhabar

Leave a Comment