काठमाडौं,४फाल्गुनःएसिया कप खेल्ने नेपालको सपना तुहिएको छ। एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा शुक्रबार आयोजक मलेसियासँग ४ विकेटले पराजित भएपछि एसिया कप खेल्ने नेपालको सपना तुहिएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको मलेसियाले १ बल अगावै उक्त लक्ष्य पूरा ग¥यो।
मलेसियाका लागि इल्सा हन्टरले अविजित ६९ रन बनाइन्। त्यस्तै मास इलिसाले १३ रन, महिरा इज्जतीले १६ रन र वान जुलियाले ११ रन बनाइन्। नेपालको सीता रानामगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीले २ र कविता कुँवरले १ विकेट लिइन् ।
त्यसअघि बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन, डली भट्टले २५ रन, कविता कुँवरले २३ रन र रुविना क्षेत्रीले २० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् ।
पहिलो सेमिफाइन खेलमा थाइल्यान्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुग्नुको साथै एसिया कपमा पनि छनोट भइसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

