प्रमोद यादव
पर्सा,४फाल्गुनः पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्ष विपिन मुखियाले आफना वडाका विपन्न दुई परिवारलाई किरिया खर्चका लागि खाद्य सामग्री सहयोग गरेका छन् ।
वडा नम्बर ५ का चिन्ता देवी र जय चन्द्र साह दुवैका एक एक जना आफन्त केहि दिन अघि वितेका थिए । उनिहरुको घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकोले किरिया खर्चका लागि दुवै जनालाई वडाध्यक्ष मुखियाले वडा कार्यालयमै बोलाएर खाद्य सामाग्री सहयोग गरेका हुन्।वडाध्यक्ष मुखियाले दुवै परिवारलाई चिउरा ५० किलो,चामल ५० किलो,आलु ५० किलो,प्याज ३० किलो,खानेतेल १५ लिटर,नुन ५ किलो र दाल १५ किलोको दरले छुट्टा छुट्टै सहयोग गरेको मधेस खबरकर्मी प्रमोद यादवले जानकारी दिए ।
घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले जनप्रतिनिधीको नाताले सहयोग गर्नुपर्ने दायित्व सम्झेर सहयोग गरेको वडाध्यक्ष मुखियाले बताए ।
,

