Madhes Khabar
समाज

पर्सामा रमेश खरेलको सुशासन पार्टीले पनि जित्यो वडा अध्यक्ष

मधेसखबर
वीरगन्ज,०३ जेठ:
पुर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्सा जिल्लाको एक वडामा जित हात पारेको छ ।
पर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएका छन् ।
मङगलबार बिहान १० बजे सकिएको उक्त वडाको मतगाणनाको अन्तिम नतीजा अनुसार , उनि ८७७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले भने ६७८ मत मत प्राप्त गरे ।
पोखरीया नगरपालिकामा सुशासन पार्टीले मेयर र उपमेयरमा पनि उम्मेदवारी दिएको थियो ।
जारी मतगणनामा मेयर पदमा सुशासन पार्टीका उम्मेदवार शंकर यादव दोश्रो स्थानमा छन् । पहिलो स्थानमा भने एमालेका उम्मेदवार प्रधुमन चौहानले अग्रता लिइरहेका छन् ।

Related posts

बारा: प्रहरी चाैकी, वडा कार्यालय र धर्मशालाका लागि वडा अध्यक्षले गरे २ कराेडकाे जग्गा दान

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

नेपाल प्रहरीका आईजीपी कार्कीले पाेखरियामा विपन्न र दलित समुदायका १८४ जनालाई बाँडे कम्बल

MadhesKhabar

Leave a Comment