Madhes Khabar
समाज

बाराको बेलहियामा कांग्रेसले आयोजना गरेको निःशुल्क शिविरबाट २५० जना लाभान्वित

वीरगन्ज,१मंसिरःबाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ बेलहियामा शनिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।माट्रिका आई फाउण्डेसन वीरगन्जको सहयोगमा नेपाली काँग्रेसको प्रसौनी गाउँपालिका वडा नम्बर ६ को वडा समितिले आयोजना गरेको शिविरमा २ सय ५० जनाको आँखा जाँच गरिएको छ । तीमध्ये ५० जनामा मोतिया बिन्दुको समस्या देखिएको छ ।

उनिहरुको निःशुल्क शल्यकृया गरेर चश्मा र औषधि वितरण गरिने माट्रिका आई फाउण्डेसनका निर्देशक राज किशोर गुप्ताले जानकारी दिए।

गौरीशंकर साहको अध्यक्षतामा आयोजित शिविरको नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले उद्घाटन गरेका थिए । शिविरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुनिल कुमार गुप्ता, बारा क्षेत्र नम्बर ४ को ख का कांग्रेस क्षेत्रीय सभापति लोकेश सिंह, प्रहरी निरीक्षक सुरेश राज भट्ट,नेपाल तरुण दल बाराका सभापति दिपेन्द्र प्रसाद पटेल, कांग्रेस जिल्ला सदस्यहरू नन्देश पटेल, सुरेश साह, राजकिशोर साह, सोनालाल मण्डल, क्षेत्रीय सहसचिव नाजिर अन्सारी,वडा सदस्य प्रमोद प्रसाद कुशवाहा, युवा नेताहरु संतोष कुमार साह, बोधनाथ जैसवाल , उपेन्द्र कुमार यादव, गिरधारी साह, जमुना रामबाबु साह लगायतकोपनि सहभागिता रहेको थियो।

 

Related posts

घुस रकम सहित पक्राउ परेका नापी कार्यालयका बिचौलीया पाण्डे रिहा

MadhesKhabar

पर्साका मिटरब्याज पिडितहरुको दुखेसो : कर्जा तिरिसक्दा पनि साहुले घरखेत लिलाम गरायो

MadhesKhabar

रुङ्गटा वेलफेयर साेसाइटीकाे वार्षिकाेत्सवमा पर्सा र बाराका विद्यालयहरुलाई पंखा, ब्याग र कापी सहयाेग

MadhesKhabar

Leave a Comment