Madhes Khabar
लुम्बिनी प्रदेश

कपिलवस्तुमा बस दुर्घटना हुदाँ १० जनाको मृत्यु , ४० जना घाइते

काठमाडाैं,३फाल्गुन:कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडाैंका लागि छुटेकाे सुनौलो महाकाली यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट तल खसेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्य घाइतेको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते ११ जना भने सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

Related posts

लज्जास्पद हार भन्दै लोसपाका नेताले दिए राजिनामा

MadhesKhabar

फागुन १० मा सत्ता गठबन्धन भत्किन्छ : कांग्रेस महामन्त्री गगन थापा

MadhesKhabar

कपिलवस्तुमा प्रहरीले हानेकाे गाेली लागेर एक युवककाे मृत्यु

MadhesKhabar

Leave a Comment