वीरगन्ज,२७माघ:वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलाैंमा रहेकाे द्वार देवी माध्यमिक विद्यालयकाे कक्षा ११ मा अध्ययनरत पाँच जना विद्यार्थीलाई ल्यापटप वितरण गरिएको छ।
एसईईमा उतकृष्ट अंक ल्याएर उत्तीर्ण भई कक्षा ११ मा अध्ययनरत पाँच जना विद्यार्थीलाई वडा कार्यालयले ल्यापटप वितरण गरेकाे हाे।शुक्रबार विद्यालयमै आयाेजित कार्यक्रममा वडाध्यक्ष सञ्जु बहादुर छत्कुलीले विद्यार्थीलाई ल्यापटप प्रदान गरे।त्यसअवसरमा उनले सरकारी विद्यालयका विद्यार्थीको मनोबल बढाउँदै पढाइमा अझ लगनशील बनाउन ल्यापटप वितरण गरिएको बताए।
युवा जागरण मंच नेपाल पर्साले आयाेजना गरेकाे उक्त कार्यक्रममा द्वार देवी माध्यमिक विद्यालयका प्रधानध्यापक दयाकान्त झा, कक्षा ११ र १२ का विधार्थी, अभिभावक लगायतकोपनि उपस्थिती रहेको थियो ।

