Madhes Khabar
शिक्षा

सरकार र आन्दोलनरत शिक्षकबिचकाे वार्ता निष्कर्षविहिन

काठमाडौं ,४असाेज: सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच बिहीबार बेलुकी भएकाे वार्ता निष्कर्षविहिन भएपछि शुक्रबार पुन: वार्ता हुने भएको छ । गृह मन्त्रालयमा बिहीबार बेलुकी भएको वार्ता टुंगोमा नपुगेपछि शुक्रबार बिहान ९ बजे फेरि वार्तामा बस्ने समझदारी गरिएको हो ।

वार्ताको नेतृत्व सरकारका तर्फबाट शिक्षा सचिव सुरेश अधिकारीले गरेका थिए । नेपाल शिक्षक महासंघ तर्फबाट भने अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीले वार्तामा नेतृत्व गरेका छन् ।

‘आज अनौपचारिक वार्ता भएको हो । आजै शिक्षा मन्त्रालयले औपचारिक वार्ताका लागि पत्राचार गरेपछि शुक्रबार फेरि वार्ता हुन्छ,’ वार्तामा सहभागी गृह मन्त्रालय स्रोतले भन्यो,’ त्यो वार्ता समितिको निष्कर्ष मन्त्रीहरु सम्मिलित उच्चस्तरीय सरकारी टोलीमा पेस गरेर अन्तिम रुप दिइनेछ ।’

सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा र सम्बन्धित मन्त्रालयका सचिवहरु छन् ।

यस्तै शिक्षक महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन् ।

विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । त्यसको कारण बिहीबार देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ । बिहीबार बिहान पनि आन्दोलरत पक्ष र गृहमन्त्री श्रेष्ठबीच छलफल भएको थियो ।साभार:ईकान्तिपुरबाट

Related posts

अस्थायी र करारका शिक्षकहरु तत्काल जागीरबाट नहट्ने

MadhesKhabar

कक्षा ९ की छात्रा खातुन एकदिनका लागि बनिन् मधेस प्रदेशकाे शिक्षामन्त्री

MadhesKhabar

परीक्षा नियन्त्रण कार्यालयद्वारा परीक्षा केन्द्र सार्वजनिक

MadhesKhabar

Leave a Comment