Madhes Khabar
शिक्षा

रौनकको जन्मदिनको उपलक्ष्यमा पर्साका ८६ जना दलित बालबालिकालाई स्कूल व्याग वितरण

वीरगन्ज,२३जेठःपर्साको दलितवस्तीका बालबालिकाहरुलाई स्कूल व्याग वितरण गरिएको छ । सिन्धुलीको दुधौली–४ घर भई हाल अमेरिका बस्दै आएका प्रकाश आचार्य र रितु आचार्यका छोरा रौनक आचार्यको ८ औं जन्मदिनको उपलक्ष्यमा दलित समुदायका बालबालिकालाई स्कूल व्याग वितरण गरिएको हो ।

पिस फोर दलित फाउन्डेसन नेपालको समन्वयमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ कौवाबनको मुसहर बस्तीमा संचालन गरिएको सामुदायिक निशुल्क टियुसन कक्षा तथा सिकाई सुधार केन्द्रमा अध्ययनरत ८६ जना बालबालिकालाई स्कूल व्याग वितरण गरिएको फाउन्डेशनका अध्यक्ष मनोजरामले जानकारी दिए ।

रौनकको जन्मदिनको उपलक्ष्यमा उनका बुबा–आमाले अमेरिकाबाट ३७ हजार ७८० रुपैयाँ नगद पठाइदिएको र त्यहि रकमबाट खरिद गरेर स्कूल व्याग वितरण गरिएको रामले बताए ।

त्यसअवसरमा फाएनडेशनका अध्यक्ष रामसंगगै ,सदस्य विनोद कुमार राम, दलित अभिभावक संघकी उर्मिला देवी मुसहर , शिक्षक तारकेश्वर राम लगायतकाकोपनि उपस्थिती थियो ।

 

Related posts

वडाध्यक्ष कानुको पहलमा बालमिन्दर विद्यालयका २३० विद्यार्थीलाई जुत्ता र खेलकुद सामग्री वितरण

MadhesKhabar

सरकारी विद्यालयमा मेयर सिंहको अनुगमन, एकै विद्यालयका २४ शिक्षक कारबाहीमा

MadhesKhabar

सरकार र आन्दोलनरत शिक्षकबिचकाे वार्ता निष्कर्षविहिन

MadhesKhabar

Leave a Comment