Madhes Khabar
शिक्षा हेडलाइन

वडाध्यक्ष कानुको पहलमा बालमिन्दर विद्यालयका २३० विद्यार्थीलाई जुत्ता र खेलकुद सामग्री वितरण

वीरगन्ज,५ कार्तिक :वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई वडा समितिको कार्यालयले जुत्ता र खेलकुद सामग्री वितरण गरेको छ ।

वडाध्यक्ष सुशील साह कानुको पहलमा वडा समितिको कार्यालयले विद्यालयमा अध्ययनरत सबै २ सय ३० जना बालबालिकाहरुलाई जनही एकएक जोर जुत्ता तथा खेलकुदका सामग्री वितरण गरेको हो ।

सोमबार विद्यालय परिसररमै आयोजित कार्यक्रममा वडाध्यक्ष कानुले बालबालिकाहरुलाई जुत्ता वितरण गरे भने फुटलब, ब्याडमिन्टन,लूडो,स्किपिंग डोरी, चेस लगायतका सामग्री विद्यालयका निमित्त प्रधानाध्यापक राजकुमारी सिंहलाई प्रदान गरे ।

गरिब विपन्न तथा दलित समुदायका बालबालिकाहरु अध्ययनरत उक्त विद्यालयका विद्यार्थीहरुलाई खेलकुद तथा व्यायमका गतिविधीमा प्रोत्साहित गर्नका लागि विद्यालयकै आग्रहमा ती सामग्री वडा कार्यालयले सहयोग गरेको वडाध्यक्ष कानुले मधेसखबरलाई बताए ।

त्यस अवसरमा विद्यालय व्यवस्थाापन समितिका अध्यक्ष नरेश टिबडेवाल, वडा सदस्यहरु सन्तोष जैशी,मिश्रादेवी नगरकोटी र प्रभु महतो, वडा कार्यालयका सचिव पवन प्रधान, घडिअर्वा स्पोट्स क्लबका अध्यक्ष सन्तोष कानु लगायतकोपनि उपस्थिती थियो ।

Related posts

जापनिज इन्सेफ्लाइटीस रोगको जोखिममा पर्सा जिल्ला : युवकको मृत्यु, बालिकाको उपचार चल्दै

MadhesKhabar

पर्सागढीले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर ल्यायाे ५६ करोड बढीको बजेट

MadhesKhabar

नागरिक सरकारले कटौती गर्‍यो स्वास्थ्य बिमाको सुविधा: अब २५ हजार बराबरको मात्रै ओपीडी सेवा

MadhesKhabar

Leave a Comment