Madhes Khabar
शिक्षा

काठमाडौं वल्ड स्कुलकाे नेपाल टूर अभियान वीरगन्जमा पनि सम्पन्न

वीरगन्ज ,१८चैत : नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले सन्चालित काठमाडौं वल्ड स्कुलले करीयर काउन्सिलिङ्ग सेसन अन्तर्गत नेपाल टुर नामक देशव्यापी अभियान सन्चालन गरेको छ ।

विधालयका प्रतीनीधीहरु सम्मिलित टोलीले अभियानकाे पहिलाे चरणमा वीरगन्ज , हेटाैडा र जनकपुरमा विधार्थी, अभिभावक र शिक्षाप्रेमीकाे सहभागीतामा काउन्सिलिङ सेसन गरेकाे छ ।

शुक्रबार वीरगन्ज र हेटाैडामा आयाेजित उक्त कार्यक्रम शनिबार भने जनकपुरमा सम्पन भएकाे छ ।

विधार्थी तथा अभिभावकलाई देशभित्रै पनि काठमाडौ वल्ड स्कुलले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षा , सेवा सुविधा बारे विधालयका प्रिन्सिपल केशर बहादुर खुलालले प्रष्ट पारेका थिए ।

राम्रो शिक्षा भएमात्रै गुणस्तरीय भविष्य बनाउन सकिने भएकोले आफ्ना बालबालिकाको लागि विधालय छनौट गर्दा ध्यान दिनुपर्ने आवश्यकता बारे काठमाडौं वल्ड स्कुलका अध्यक्ष डाक्टर मिथिलेश कुमार झाले बताएका थिए ।

कार्यक्रममा झाले सुविधा सम्पन्न विधालयकै नाममा घरपरिवारबाट टाढिनुपर्ने बाध्यतालाई काठमाडौ वल्ड स्कुल सहित यस्ता अन्य शैक्षिक संस्थाहरुले धेरै हदसम्म कम गर्न सकेको विश्वास व्यक्त गरे । उनले खर्चको हिसाबले पनि देश बाहिर लाग्ने भन्दा आधा भन्दा पनि कम खर्चमा यस्ता विधालयमा अध्ययनरत गराउने व्यवस्थाका साथ अघि बढेको बताए ।

कार्यक्रममा बोल्दै हेटौडा स्कुल अफ म्यानेजमेन्टका प्राचार्य पुरन बहादुर जोशीले भने नामले मात्र नभई सुविधाका हिसाबले , अध्ययन सिस्टमको सिसाबले , दक्ष शिक्षक शिक्षिका , आधुनिक कक्षा कोठा र फरक सकारात्मक वातावरण लगायतका सेवामा पनि आजका विधिालयहरुले ध्यान दिन उत्तिकै जरुरी रहेको बताए ।

मधेस विश्व विधालयका उपकुलपति डा.दिपक शाक्यले नेपालको पाठ्यक्रमलाई अन्तराष्ट्रिय पाठ्यक्रमसंग समन्वय गरी त्यही अनुसारको पाठ्यक्रम विधार्थीहरुका लागि नेपालका पनि कतिपय विधालयहरुले गर्न सकेको तर अभिभावक भने अझ सचेत हुन नसकेको तथा जानकारीमा पहुँचको कमीले आफ्ना बालबालिकालाई नेपाल बाहिर पठाउने क्रम नराेकिएकाे बताए ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा अत्याधुनिक सुविधा र विश्व–स्तरीय पूर्वाधार सहित ५५ रोपनी क्षेत्रफलमा ४ वर्षदेखि सन्चालित काठमाडौं वल्ड स्कुलले विधार्थीका लागि मात्र नभइ शिक्षक शिक्षिकालाई पनि आधुनिक तवर अनुसारको अध्ययन अध्यापनका लागि तालिम प्रदान गर्दै आएकाे सन्चालकहरुकाे भनाई छ ।

Related posts

पर्साको पकहाँमैनपुरको विद्यालयमा शिक्षा शाखा प्रमुखको छड्के अनुगमन :मोबाइल जफत गर्न निर्देशन

MadhesKhabar

विश्रामपुरकाे मदरसाका ६० जना मुस्लिम बालबालिकालाई स्कुल ब्याग वितरण

MadhesKhabar

वीरगन्जका हरेक विधालयमा सुचना अधिकारी तोक्न महानगरको निर्देशन

MadhesKhabar

Leave a Comment