Madhes Khabar
खेलकुद

मनहर्वा गाेल्डकपकाे उपाधिका लागि वीरगन्ज र हेटाैंडा भिड्ने

बारा,१८माघ:रिगल रिसोर्ट हेटौंडा, बारामा जारी तेस्रो मनहर्वा गाेल्डकप फुटबलको फाइनलमा प्रवेश गरेकाेछ।बिहीबार भएकाे दाेस्राे सेमिफाइनल खेलमा बाराकाे नवदुर्गा युवा क्लब सिमरालाई स्तब्ध पार्दै हेटाैंडा फाईनलमा प्रवेश गरेको हाे।

बडहर्वा खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समयमा दुबै टिमबाट गोल रहित बराबरी भएपछी नतिजा टाईबेकरबाट निकालिएको थियाे।

हेटाैंडाले उपाधिका लागि अब शनिबार हुने फाइनलमा वीरगन्ज यूनाईटेडकाे सामना गर्नेछ।वीरगन्ज सेमिफाइनलमा आयोजक मौवादेवी यूवा क्लबलाई २-० गोल अन्तरले पराजित गदै फाइनलमा प्रवेश गरिसकेको छ ।

बिहीबारको खेलको म्यान अफ दि म्याच हेटौंडाका गोलरक्षक गोपी बर्तौला घाेषित भए। प्रतियोगिताकाे उपाधि विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख रुपैंया पुरस्कार सहित ट्रफि प्राप्त गर्ने छ ।

Related posts

`वीरगन्ज गाेल्डकप फुटबल´को तयारी पुरा, नेपाल र भारतका चर्चित ८ क्लबले भाग लिने पक्का

MadhesKhabar

अपराजित नेपालले आज सामोआसंग खेल्दै

MadhesKhabar

रिजवान र शफिकको शतकमा पाकिस्तानको विश्व कीर्तिमानी जित

MadhesKhabar

Leave a Comment