Madhes Khabar
समाज

वीरगन्जको सरकारी विद्यालयका २ सय बालबालिकालाई न्यानाे लुगा वितरण

वीरगन्ज,१५माघ:वीरगन्जको एक सामुदायिक विद्यालयमा अध्ययनरत दुई सय जना बालबालिकालाई न्यानाे लुगा वितरण गरिएकाे छ।वीरगन्ज महानगरपालिका वडा नम्बर ७ मा रहेकाे माईस्थान बालविद्या मन्दिर ईन्दु लाखे आधारभूत विद्यालयका दुई सय जना बालबालिकालाई उपकार सेवा नेपाल र शिवशक्ति घ्यू उद्योगले संयुक्त रुपमा न्यानो लुगा वितरण गरेकाे हाे।

 

साेमबार विद्यालयमै पुगेर दुवै संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई स्विटर टोपी एक एक थानका साथै १० जनालाई जुत्ता प्रदान गरेकाे सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।

त्यस अवसरमा उपकार सेवा नेपालकी अध्यक्ष बिद्या कुमारी सरावगी,सदस्यहरु सुमन बगेडिया र अङ्गकुर शर्मा, शिवशक्ति घ्यु उद्योगका लेखा प्रमुख ललित कुमार शर्मा ,प्रसाशकीय अधिकृत प्रमोद कुमार पटेल ,समाजसेवी अशोक कुशवाहा,प्रधानाध्यापक रामाधार साह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदेश लाखे, सदस्य नरोत्तम पाण्डे ,बबिता अधिकारी, उमेश गुप्ता
लगायतको उपस्थिति रहेकाे थियाे।

Related posts

अमेरीकामा बस्ने नेपालीले दलित बालबालिका लागि निशुल्क ट्युसन पढ्ने घर बनाइ दिए

MadhesKhabar

बारामा १३ वर्षीया बालिकामाथि बलत्कार

MadhesKhabar

तराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान

MadhesKhabar

Leave a Comment