वीरगन्ज,१४माघ:लगातारको हुस्सु र कुहिरोले मधेसको जनजीवन कष्टकर बनेको छ । झण्डै दुई हप्ता यतादेखि हुस्सु र कुहिरो लागिरहेको तथा घामपनि राम्रोसँग नलाग्दा पर्सा,बारासहित मधेसका आठ वटै जिल्लाकाे जनजिवन कष्टकर बनेकाे हाे । घर बाहिर एकछिन हिँड्दा पनि शरीर भिजाउने गरी शितलहरपनि चल्ने गरेको स्थानीय बताउँछन् ।
समग्र मधेसमै बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकोमा पूर्वी क्षेत्रमा दिउँसोपछि केही खुल्ने भए पनि पश्चिम मधेसमा बेलुकासम्मै हुस्सु लाग्ने देखिएको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।
अहिले पनि मधेसको सबैजसो क्षेत्रमा बाक्लो हुस्सु लागिरहेको मौसम पूर्वानुमान् महाशाखाले नियमित बुलेटिनमार्फत जानकारी गराएको छ । मधेसमा अझै तीन दिनसम्म नै हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण राम्रोसँग घाम लाग्न नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेको वीरगन्जका नुमाद्दिन शेखले बताए।
चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।अझै केही दिन चिसो बढ्ने मौसमविदले बताएका छन्

