Madhes Khabar
स्थानिय

वीरगन्जमा प्रेस सेन्टर पर्साद्वारा पत्रकार मण्डल र खनाल पुरस्कृत

वीरगन्ज,१२जेष्ठःप्रेस सेन्टर नेपाल पर्साले आफना संगठनका दुई पत्रकारलाई पुरस्कृत गरेको छ । प्रेस सेन्टर पर्साले
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा बारा इञ्चार्ज कृष्ण उदास खनाललाई कृष्णसेन स्मृति सम्मान पुरस्कार र सेन्टरका सदस्य राम मण्डललाई प्रेस सेन्टर नेपाल पर्सा क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्दै पुरस्कृत गरेको हो ।

शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा दुवै पत्रकारलाई जनही २१/२१ हजार रुपैंयाको पुरस्कार प्रदान गरिएको रिएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे मगरले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले खनाल र मण्डललाई पुरस्कृत राशी बराबरको चेक र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,प्रेस युनियनकी केन्द्रीय सदस्य निलिमा पौडेल नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको सहभागीता थियो ।

Related posts

वीरगन्जमा इन्टरनेट,केबल लगायतका अव्यवस्थित तार व्यवस्थापन गर्न १५ दिने अल्टिमेटम

MadhesKhabar

मधेसका सिमान्तकृत महिलाहरुको लागि वीरगन्जमा १२ दिने पत्रकारीता तालिम सञ्चालन

MadhesKhabar

नवनियुक्त मन्त्री कलवारले सम्झिए मधेसी सहिदलाई

MadhesKhabar

Leave a Comment