Madhes Khabar
खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा मधेसकाे सानदार जीत,गण्डकी १४५ रनले पराजित

काठमाडौं,११माघ:प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा मधेस प्रदेशले सानदार जीत हात पारेको छ।

त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा मधेसले गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

मधेसले दिएको ३३६ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३९.५ ओभरमा १९० रनमा समेटियो । गण्डकीका लागि ओपनर इश्वर क्षेत्री र कमल परियारले सर्वाधिक २७-२७ रन बनाए । यस्तै कृश ऐरले २६, चन्द्र पौडेलले २३, रोशन गौतमले २२, समिर कंडेल र मुश्कान थापाले समान १८-१८ रन बनाए ।

 

मधेसका लागि रंजित कुमार एक्लैले ४ विकेट लिए । यस्तै कप्तान हरिशंकर साहले ३ विकेट लिए भने प्रदिप पासवानले २ र राजेश यादवले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेस प्रदेशले मुख्य ब्याटर अनिल शाहको शतकको मद्दतमा निर्धारित ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३३५ रन बनाएको थियो ।
मधेसका लागि अनिलले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १२४ रनको शतकीय इनिङ खेले । उनले १०४ बलमा शतक पुरा गरेका थिए।

 

मधेसले कप्तान हरि शंकर साहलाई २ रनमा गुमाएको थियो । दोस्रो विकेटका मयन र अनिलले १०४ रनको शतकीय साझेदारी गरेका थिए ।

मयन सन्दीपको बलमा केहिअघि बढेर सट खेल्ने धुनमा विकेटकिपर समिर कँडेलबाट २७ रनमा स्टम्पिङ आउट भए । उनले ४४ बलमा २ चौका हाने ।

पवन सरार्फ ३८ बलमा ३ चौका र २ छक्कासहित ४० रनमा आउट भए । तेस्रो विकेटका लागि पवन र अनिलले ६९ रनको साझेदारी गरेका थिए ।

अरनिको यादवले ३४ बलमा ५ चौका र ३ छक्कासहित ६३ रनमा नट आउट रहे । अभिषेक तिवारी १९ बलमा १ चौका र १ छक्कासहित २७ रनमा नट आउट रहे । रुपेश सिंहले ३५ बलमा ३ चौकासहित ३२ रन बनाए ।

गण्डकीका सन्दीप पराजुलीले १० ओभरमा ५१ रन खर्चेर २ विकेट लिए । कृष्ण पौडेल र कमल परियारले १-१ विकेट लिए । गण्डकीका कृष्ण पौडेलले १० ओभरमा ११७ रन खर्चेका थिए ।

मधेस प्रदेश ८ खेलमा १० अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गण्डकी प्रदेश भने ६ खेलमा ४ अंक सहित आठौ स्थानमा यथावत छ ।

Related posts

रोहित शर्माले बनाए एकदिवसीय क्रिकेटमा ३३ औं शतक, अष्ट्रेलिया ९ विकेटले पराजित

MadhesKhabar

सिमरा गाेल्डकपमा आज वीरगन्ज खेल्दै

MadhesKhabar

पाकिस्तानलाई हराउँदै भारत नवौं पटक बन्याे एसिया कप च्याम्पियन

MadhesKhabar

Leave a Comment