काठमाडौं,११असोजःनेपाल एएफसी २० वर्षमुनिको एशियन कपमा छनोट हुन असफल भएको छ । न्यु ताइपेई सिटीमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल बहराइनसंग ४–० गोलले पराजित भएसंगै एशियन कपमा छनोट हुन असफल भएको हो ।
प्रतियोगितामा नेपालले चार खेलमा एकमा जीत र तीनमा हार बेहो¥यो । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई २–१ गोलले हराएको थियो । यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६–० गोलले पराजित भएको थियो ।
२० वर्षमुनिको एशियन कप छनोट आउँदो वर्ष चीनमा आयोजना हुँदैछ ।

