Madhes Khabar
शिक्षा

यस वर्षकाे एसईई परिक्षा चैत १५ गतेदेखि

काठमाडाैं,७माघ: माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ।

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो।

च‌ैत ११ र १२ गते हाेली पर्व परेकाले चैत १५ गतेदेखि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए । चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताए ।

बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो । तर, होली पर्वका कारण परीक्षा मिति सार्नुपरेको हो ।

यो वर्षको एसईई परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्रा छन् ।

यो वर्षको एसईई परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरिएको छ।

Related posts

वीरगञ्जमा रात्रीकालिन खाना तथा सांस्कृतिक मेला आज पनि जारी

MadhesKhabar

माध्यमिक शिक्षक युनियन पर्साकाे अध्यक्षमा सन्ताेष सिंह सर्वसम्मत चयन

MadhesKhabar

शिक्षकले राजनीति छोड्नु पर्छ अनिमात्र शिक्षामा सुधार आउँछ : सांसद यादव

MadhesKhabar

Leave a Comment